आफ्नो स्वर्णयन्तीकाे अवसरमा लायन्स क्लबले साैराहामा दिपप्रज्जवलन गर्याे

आफ्नो स्वर्णयन्तीकाे अवसरमा लायन्स क्लबले साैराहामा दिपप्रज्जवलन गर्याे

साैराहा २५ साउन । नेपालमा लायन्स क्लब स्थापना भएको ५० बर्ष अर्थात स्वर्ण जयन्तीको अवसरमा पर्यटकीय नगरी सौराहामा दीप प्रज्वलन गरीएको छ । लायन्स क्लब अफ वाइल्डलाइफ सिटीले हात्ती चोकमा दिप प्रज्वलन गरेको हाे ।

कोेरोनाको कारण सुनसान र अध्यारो रहेको सौराहा यो मैनबत्तीले प्रकाश दिए जसरी विस्तारै चहलपहल बढ्दै जाने र उज्यालो हुने हुने विश्वास लिएको लायन्स क्लब अफ चितवन वाइल्डलाइफ सिटी का संस्थापक अध्यक्ष सुवास चन्द्र गौतमले बताए ।
क्लबका निर्वतमान अध्यक्ष सन्तोष पुरी, पूर्व अध्यक्ष उमाकान्त पौडेल, लायन कपिल रेग्मी, लायन्स क्लब अफ चितवन कमन्यूटी हेल्पका निवर्तमान सचिव दिपेन्द्र कुमार चौधरी(दिपेश) लगाएत स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ वाइल्डलाइफ सिटी का अध्यक्ष सूर्य तमाङ को अध्यक्षतामा सम्पन्न भएको थियो ।
आइतवार नै लायन्स क्लब अफ चितवन सौराहा र लिव क्लव अफ चितवन सौराहाले गैडा चोकमा दिप प्रज्वलन गरेको छ ।



ट्रेन्डिङ