कालिकावाट १३ जना जुवाडे पक्राउ,एकलाख ८८ हजार रूपैयाँ बरामद

कालिकावाट १३ जना जुवाडे पक्राउ,एकलाख ८८ हजार रूपैयाँ  बरामद

कालिका २५ साउन । चितवनमा १३ जना जुवाडेहरू जुवाको खालबाट पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका वडा ५ ब्रम्हस्थान बस्ने ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा नगदसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा चौधरी समेत १३ जना स्थानियहरु नै रहेका छन् । उनीहरुबाट नगद १ लाख ८८ हजार ८ सय ६२ रुपियाँ र ४ बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।



ट्रेन्डिङ