चितवन राष्ट्रिय निकुञ्जमा सरुवा भएर आएका प्रमुख संरक्षण अधिकृतलाई सौराहामा स्वागत

चितवन राष्ट्रिय निकुञ्जमा सरुवा भएर आएका प्रमुख संरक्षण अधिकृतलाई सौराहामा स्वागत

दीपेश चौधरी-
सौराहा २५ साउन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वाइल्डलाईफ टुरिजमको विकासका लागि चितवनका पर्यटन व्यवसायिसँग हातेमालो गर्न आफु तयार रहेको बताएका छन् ।

सामुदायिक वन दिवसको अवसरमा आइतवार बाघमारा मध्यवर्ती सामुदायिक वनले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत बरालले वाइल्डलाईफ टुरिजमको बिकास अहिलेको आवश्यकता रहेको बताए । यसलाई कसरी राम्रो र उत्कृष्ठ बनाउन सकिन्छ भन्नेकुरामा सदैव हातेमालो गर्दै अगाडी बढ्ने उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख संरक्षण अधिकृत बरालले निकुञ्जलाई दालभातको उदाहरण दिँदै संरक्षण र विकासमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

वन र वन्यजन्तुमा निर्भर यहाँको पर्यटन व्यवसायलाई खस्किन नदिन वन र वन्यजन्तु संरक्षणनै प्रमु्ख आधार भएको बताउँदै प्रमुख संरक्षण अधिकृत बरालले विगतमा जस्तै यो पटक पनि आफुले यहाँका व्यवसायि र संरक्षणकर्मीहरुवाट सहयोग पाउने बताए । यस अघि पनि चितवन बसाँइको क्रममा स्थानीयले सहयोग गरेको कुरालाई स्मरण गर्दै संरक्षण अधिकृत बरालले संरक्षणको पक्षमा नेपाल सरकराको निर्देशन र कानुन भन्दा तलमाथि जान नसकिने स्पष्ट पारे । यस अघिपनि बराल २०६३ देखि २०६७ सालसम्म चितवनमा काम गरेका थिए। त्यो अवधिमा उनले तीन वर्ष निकुञ्जको सहायक संरक्षण अधिकृत भएर काम गरेका थिए । बाँकी समय मध्यवर्ती क्षेत्रमा काम गर्दै आएको तराई भूपरिधि कार्यक्रम(ताल)मा पनि काम गरेका थिए।

स्वागत तथा परिचयात्मक कार्यक्रममा रत्ननगर नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष लालवहादुर भट्टले चितवन राष्ट्रिय निकुञ्जका विभिन्न ठाउँमा ५ देखि ६ फिट सम्मको अग्लो ढिस्को बनाउन सुझाव दिए । बाढीका कारण गैंडा लगायतका बन्यजन्तुहरु बगाएर भारत पुग्ने गरेको भन्दै वडा अध्यक्ष भट्टले त्यस्ता खालको संरचना बनाउन सकिए वन र वन्यजन्तुलाई बाढीको बेला सहज हुने बताए ।

कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले राष्ट्रिय निकुञ्जमा जीप सफारीको ट्रयाक थप्न सुझाव दिए । पर्यटनको सम्भावना राम्रो भएर पनि जीप सफारीका लागि एउटै ट्याक भएकाले बाटोमा पर्यटकको चाप बढने गरेको बताए । पर्यटकहरुलाई खुशी बनाउन पनि निकुञ्ज भित्र ट्याक थप्नुपर्ने उनको भनाई छ ।–‘जीप सफारीका लागि जाने र आउने फरक फरक बाटो संचालन भएमा पर्यटकहरु थप खुशी हुनेछन’ उनले भने ।

कार्यक्रममा पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिका राममणी खनालले बन र वन्यजन्तु संरक्षणको पक्षमा यहाँका स्थानीयहरु सचेत रहेको बताए । कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले सौराहाको कुमरोज सामुदायिक वन हुँदै लोथर सम्म जीप सफारी संचालन गर्न सकिए सौराहा क्षेत्रमा धेरै पर्यटक ल्याउन सकिने बताए । बेलुकी ५ बजेपछि राप्ती नदी किनारै किनार तथा वस्तीको छेउछाउ हुँदै सफारी चलाउन सके त्यसले पनि पर्यटकका लागि थप कार्यक्रम हुने बताए । वन र वन्यजन्तुलाई असर नहुनेगरी व्यवस्थापन गर्न सके यो सेवा पनि महत्वपूर्ण हुने उनको भनाई छ ।

कार्यक्रममा क्षेत्रीय रेवानका अध्यक्ष दीपेन्द्र खतिवडा, वाइल्डलाईफ भिक्टीम फण्डका अध्यक्ष डोमा पौडेल, चित्रसेन मध्यर्वीत सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्तीत सामुदायिक वनका कार्यवाहक अध्यक्ष घनश्याम तिमलसिना, यूनाइटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, नेचर गाइड एशोसनका अध्यक्ष राजेन्द्र धामीले सुझाव तथा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतवहादुर तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम वनका सचिव कृष्ण भट्टले कार्यत्रम संचालन गरेका थिए भने कार्य समितिका सदस्य जंगीलाल चौधरीले स्वागत मन्तब्य ब्यक्त दिएका थिए ।



ट्रेन्डिङ