काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २५ साउन। काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र ललितपुरका २ जना छन्।

उनीहरूको उपत्यकाका सात वटा प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

 

 

 

 

 



ट्रेन्डिङ