आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

 आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

चितवन २५ साउन। आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो वृद्धिसँगै कोभिड-१९ सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भइसकेको छ ।

 



ट्रेन्डिङ