१ किलो १६० ग्राम चरेश सहित पक्राउ

१ किलो १६० ग्राम चरेश सहित पक्राउ

काठमाडौं २५ साउन। प्रहरीले चन्द्रागिरी नगरपालिका–५ दाउराडिपोबाट  मकवानपुर घर भएका देवेन्द्र थापा मगरलाई पक्रेको छ ।

दाउराडिपोमा ४२ वर्षीय देवेन्द्रको कोठा खानतलासी गर्दा १ किलो १६० ग्राम चरेश फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

मकवानपुको थाहा नगरपालिका–७ घर भएका उनले धादिङबाट चरेश ल्याएर स–साना पाकेट बनाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको कोठामा चरेश प्याकिङ गर्ने कागज र तराजु पनि फेला परेको छ ।

 



ट्रेन्डिङ