नेपाली सेनालाई भारतद्वारा १० वटा आइसीयु भेन्टिलेटर प्रदान

नेपाली सेनालाई भारतद्वारा  १० वटा आइसीयु भेन्टिलेटर प्रदान

चितवन २५ साउन। कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सहयोग पुर्‍याउने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर प्रदान गरेको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ ।



ट्रेन्डिङ