भारतमा साढे ८ करोड किसानको बैंक खातामा पैसा

भारतमा साढे ८ करोड किसानको बैंक खातामा पैसा

एजेन्सी २५ साउन। किसानहरूको सुविधाका लागि १ लाख करोड रुपैयाँको विशेष फन्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक गरेका छन् ।

आइतवार मोदीले किसानहरूका लागि आत्मनिर्भर कृषि योजना कार्यक्रमअन्तर्गत साढे ८ करोड किसानको बैंक खातामा १७ हजार करोड रुपैयाँ नगद जम्मा भएको बताएका छन् ।

भारत सरकारले लकडाउनको समयमा २२ हजार करोड भारतीय रुपैयाँ किसानलाई दिएको मोदीले बताएका छन् ।

करिब डेढ वर्षअघि देखि शुरू भएको आत्मनिर्भर कृषि योजनामा हालसम्म ७५ हजार करोड रुपैयाँ किसानको बैंक खातामा जम्मा भएको मोदीले बताएका छन् ।

भारतमा यो योजना क्रमिक रुपमा पूरा हुँदै गएको समेत उनको भनाइ छ ।



ट्रेन्डिङ