नेपालगञ्जमा सेनाको निगरानीमा सिल

नेपालगञ्जमा सेनाको निगरानीमा सिल

नेपालगञ्ज २५ साउन। जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मंगलबार राति १२ः०० बजेसम्मका लागि लागू हुने गरी सिल गरेको छ।

सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन। जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा नेपाली सेनाले निगरानी गर्नेछ। नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ। सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा स्वयं खटिएका छन्।

 



ट्रेन्डिङ