पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ८ सय ६१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ८ सय ६१ जनाको मृत्यु

एजेन्सी २५ साउन। पछिल्लो २४ घण्टाको अवधिमा भारतमा कोरोनाभाइरसका कारण ८ सय ६१ जनाको मृत्यु भएको छ ।

भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३ सय ७९ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको छ ।

साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ ।

कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७ सय ४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।

 



ट्रेन्डिङ