आज लकडाउनबारे समीक्षा गर्न  कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै

आज लकडाउनबारे समीक्षा गर्न  कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै

काठमाडाैं २५ साउन। आज (आइतबार) लकडाउनबारे समीक्षा गर्न  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ।

बैठक दिउँसाे ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌काे कार्यलय सिंहदरबार बस्न लागेकाे हाे।

कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटीको समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए।

यसअघि शनिबार बैठक बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। सोही बैठक आइतबारका लागि सारिएको गुरागाईंले बताए।



ट्रेन्डिङ