वीरगन्ज स्थित रेहको भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज स्थित रेहको भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज २५ साउन। नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् । संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन्  शनिबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी १ जना १५ बर्षकी महिला समेत रहेका छन् ।

वीरगन्ज स्थित रेहको भारतिय दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेका छन् ।

त्यसैगरी वीरगन्ज बारुण नियणत्रका ३९ बर्षिय र ५० बर्षका २ जना पुरुष कर्मचारी, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १६ बर्ष देखि ६८ बर्षका सम्मका ४६ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ बर्ष देखि ५० बर्षका ३ जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ निवासी २२ बर्षका १ जना पुरुष, जिराभवानी गाँउपालिका वडा नम्बर २ निवासी २२ बर्षकी १ जना महिला, पर्सा जिल्ला अमरपट्टी वडा नम्बर ४ निवासी २ जना महिला र १ जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी २ जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ बर्षिय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ बर्षका १ जना पुरुष रहका छन् ।

 



ट्रेन्डिङ