काँग्रेस प्रवक्ताको ओलीलाई प्रश्न: भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने?

काँग्रेस प्रवक्ताको ओलीलाई प्रश्न: भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने?

काठमाडौं २५ साउन। चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी ओलीले स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रश्न उठाएको छ ।

माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बेलाएर यस्तो निर्देशन दिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने भन्दै प्रश्न गरेका छन् ।

शर्माले आफ्नो ट्विटमा ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?

कम्युनिस्ट प्रधानमन्त्री ओलीमाथि उनले कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला भन्दै झटारो समेत हानेका छन् । ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ?,

शर्माको प्रश्न छ, कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?

 



ट्रेन्डिङ