काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २४ साउन। काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भक्तपुरका ३ जना , काठमाडौंका ५६ जना, ललितपुरका ३ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३१३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन्।

 



ट्रेन्डिङ