२४ घण्टामा कोरोनाभाइरसका ३ सय ७८ जना संक्रमित थपिए

२४ घण्टामा कोरोनाभाइरसका ३ सय ७८ जना संक्रमित थपिए

चितवन २४ साउन।शनिबार कोरोनाभाइरसका ३ सय ७८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३१३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन्।

विगत २४ घण्टामा जनामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।



ट्रेन्डिङ