सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

सप्तरी २४ साउन। सप्तरीमा मोटरसाइकलको ठक्करबाट शनिबार एक जनाकाे मृत्यु भएकाे छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट शनिबार एक जनाकाे मृत्यु भएकाे हो।

मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका यादवको स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

 



ट्रेन्डिङ