बेनिघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध

बेनिघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध

काठमाडौं २४ साउन। आज बिहान गएको पहिरोले गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।

बेनिघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिरोले सडक अवरुद्ध भएको छ

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नरहेको वडाध्यक्ष रामप्रसाद लामिछानेको भनाई छ। ‘दिनभरि मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्नेछ’, उनले भने, ‘केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ।’

झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिरोले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ। ‘ठूलाठूला ढुङ्गाहरु पनि पहिरोसँगै खसेको छ, सानो मेसिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन, प्रत्यक्षदर्शी, सुजन लामिछानेले भने, ‘पहिरो करीब बिहान साढे १० बजेतिर खसेको हो। पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेका छन्।’



ट्रेन्डिङ