वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज २४ साउन। वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वीरगञ्ज –३ छपकैयाका ६५ वर्षका वृद्धमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको मृत्युपछि गरिएको स्वाब परीक्षणको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि उनलाई करिब ४ दिन ज्वरो आएर निको भइसकेको थियो । गत बिहीबार राति उनलाई अचानक सास लिनमा समस्या भएपछि परिवारकाले एडभान्स मेडिकयर हस्पिटल लगेका थिए ।

त्यसपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।



ट्रेन्डिङ