भारतमा कोरोना भाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

एजेन्सी २४ साउन। छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको छ ।

योसँगै शनिबारसम्ममा भारतमा कुल सङ्क्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ५१८ पुगेको छ ।

भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना सङ्क्रमित अवस्थामै रहेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ ।

 



ट्रेन्डिङ