विप्लव समूहका जिल्ला नेता पक्राउ

विप्लव समूहका जिल्ला नेता पक्राउ

चितवन २४ साउन। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला नेतालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ ।

प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार रोशी गाउँपालिका-५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट पक्राउ गरिएको हो ।

प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद-५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता भई शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको जानकारी दिए ।

यसअघि, गत १४ जेठमा सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए । त्यतिबेला गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरी काठमाडौं लगेका थिए ।



ट्रेन्डिङ