रेशम चौधरीलाई रिहा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

कैलाली २४ साउन। थरुहट थारुवान मोर्चाहरुले टीकापुर घटनाको राजनितिक रुपमा समाधान निकाल्न माग गरेका छन् ।

कैलालीमा पत्रकार सम्मेलन गर्दै मोर्चाले आफूहरुको माग सुनुवाइ नभए सरकारलाई नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।

३ महिना भित्र राज्यले सो घटनाको समस्या समाधान नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहिस्कार गरिने मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले चेतावनी दिए ।

टीकापुर प्रकरणमा थुनामा रहेका रेशमलाल चौधरी सहितका ११ जनालाई ३ महिना भित्र गर्नुपर्ने मोर्चाको माग रहेको उनको भनाइ छ । साथै मोर्चाले यसका लागि संघर्षका कार्यक्रम पनि तय गरेको छ ।

साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ मा मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ मा विरोध सभा गर्ने र भदौ ८ टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने रहेको छ । त्यसैगरी असोज ३ मा देशव्यापी संविधानका धारा जलाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ ।

मोर्चाको आन्दोलनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद्, उत्पीडन समन्वय मञ्च कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान रास्ट्रिय संघर्ष समिति, नेपाल मगर संघ कैलाली, संघीय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत एक्यबद्धता जनाएको मोर्चाका संयोजक थारुले बताए ।



ट्रेन्डिङ