झाडीमा फालिएको अवस्थामा पेप्सीकोलामा शिशु फेला

झाडीमा फालिएको अवस्थामा पेप्सीकोलामा शिशु फेला

काठमाडौं २४ साउन। कपडाले बेरेको अवस्थामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलामा जिवितै नवजात शिशु फेला परेको छ । शिशु कपडाले बेरेको अवस्थामा जिवितै फेला परेको हो ।

शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई नियन्त्रणमा लिएको छ । तर, ती किशोरीले भने फेला परेको शिशु आफ्नो नभएको इन्कारी गरेकी प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ