विराटनगरमा २ पत्रकारसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा २ पत्रकारसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर २४ साउन। शुक्रबार राति गरिएको स्वाब परिक्षणमा विराटनगरमा २ पत्रकारसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो विराटनगरमा ३३ जनाको पोजिटिभ रिपोर्ट आएकोमा साँझ २ पत्रकारसहित २२ जनाको रिपोर्ट पोजिटिभ आएको बिराटनगर महानगरपालिकाले जनाएको छ ।

शुक्रबार एकैदिन ५५ संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

शुक्रबार महानगरको २ सय बढीकाे स्वाब परिक्षण गर्दा ५५ जनामा कोरोना देखिएको हो ।



ट्रेन्डिङ