पर्सामा बहुदरमाई नगरपालिकाका मेयरसहित ५५ संक्रमित थपिए

पर्सामा बहुदरमाई नगरपालिकाका मेयरसहित ५५ संक्रमित थपिए

पर्सा २४ साउन। शुक्रबार राति नारायणी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ ।

पैसा तिरेर स्वयं परीक्षण गराएका १३ जनामा कोरोना संक्रमण देखिएको छ । ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह पनि रहेका छन् ।

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ ।

 



ट्रेन्डिङ