६०० भन्दा बढी राख्न सकिने क्वारेन्टाइन प्रहरीद्वारा निर्माण

६०० भन्दा बढी राख्न सकिने क्वारेन्टाइन प्रहरीद्वारा निर्माण

काठमाडौं २४ साउन। नेपाल प्रहरीले ठूलो सङ्ख्यामा प्रहरीलाई राख्न सक्ने क्षमताको क्वारेन्टाइनको निर्माण गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमित प्रहरीको सङ्ख्या बढ्दै जाँदा ठूलो सङ्ख्यामा प्रहरीलाई राख्न सक्ने क्षमताको क्वारेन्टाइनको निर्माण गरेको हो ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जनजिक रहेको महानगरीय प्रहरी गणलाई क्वारेन्टाइनको रूपमा विकास गरेको हो । जहाँ ६०० भन्दा बढी प्रहरीलाई राख्न सकिने क्षमता छ ।

महानगरीय प्रहरी गणमा ६०० बढीलाई राख्न सक्ने र क्वारेन्टाइन मापदण्डअनुसारकै रहेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताए।

यस्तै प्रवक्ता कडायतले आवश्यक्ताअनुसार अझै थप्दै जाने बताए ।



ट्रेन्डिङ