आइतबारदेखि पाकिस्तानले अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने

आइतबारदेखि पाकिस्तानले अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने

एजेन्सी २४ साउन। शुक्रबार पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

पाकिस्तानले कोरोना भाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो।

नागरिक उड्डयन प्राधिकरण (सीएए)द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरु गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ। सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै प्रतिबन्धहरू हटाउने घोषणा गरेको एक दिनपछि उक्त निर्णय लिएको हो।

 



ट्रेन्डिङ