देश /समाज
लाेक गायक प्रेमराजा महतकाे दम्पतीलाई काेराेना

काठमाडौं २४ साउन । अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
गायक महतले फेसबुकमा स्टाटस लेख्लै आफू र श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।
अहिले आफूहरू डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसिरहेको उनले बताएका छन् ।
गायक महतले कोरोना संक्रमण देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।