भारतकाेे केरला राज्यको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतकाेे केरला राज्यको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दुबइबाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको रनवेमा चिप्लिएको हो । उक्त विमान दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उक्त विमानमा १० बच्चासहित १७४ यात्रु र सात चालक दलका सदस्यहरु रहेको बीबीसीले जनाएको छ ।

शुक्रबार ७ बजेर ४१ मिनेटमा IX-१३४४ कलसाइन भएको विमान दुर्घटनापछि दुई टुक्रा भएको छ । विमानमा धेरै घाइते भएको एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले जनाएका छन् ।

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लैजानेक्रम जारी छ । तर कति मानिस हताहत भए भन्‍ने स्पष्ट भइसकेको छैन ।

सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो ।

दु्र्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता राहुल गान्धीलगायतले दुख व्यक्त गरेका छन् ।



ट्रेन्डिङ