दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु

चितवन २३ साउन। दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर छ।

बिहीवार महावु गाउँपालिका–५ गोत्र्रीमा राती परेको चट्याङ लागेर ५५ बर्षीय रणबहादुर सुनारको मृत्यु भएको छ भने उनकी श्रीमती देउकला सुनार गम्भीर घाईते भएकी छन् ।

उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । उनीहरुलाई घरमै सुतिरहेको ठाउँमा चट्याङ लागेको हो ।

दैलेख सदरमुकाम दैलेख बजारबाट घटनास्थल करिब २५ कोस टाढा भएकोले शुक्रबार साँझ ५ बजे मात्रै प्रहरी पुगेको छ । घाईतको थप उपचारका लागि दैलेख सदरमुकाम दैलेख बजार ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ