चितवनमा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवनमा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन २३ साउन। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका–१ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरका कोरोना संक्रमित एक ४६ वर्षीय पुरुष र एक ३८ वर्षीय महिला हुन् ।

उनीहरु क्वारेन्टिन बाहिरका हुन् । प्रयोगशालाका अनुसार संक्रमित भरतपुर १ का हुन।



ट्रेन्डिङ