Banner News
शुक्रबार कोरोनाका ४ सय ६४ संक्रमित थपिए

चितवन २३ साउन। देशभर शुक्रबार कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्।
यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्।
यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।
त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।