उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ जनाको मृत्यु

एजेन्सी २३ साउन। उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ।

नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच बिहीबार राति आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले जनाएकाे छ। तर कुन समुदायबीचमा सो गाेली हानाहान भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन।

बिहीबार रातिबाट सुरु भएको यस बन्दुक आक्रमणमा परी २१ व्यक्तिको ज्यान गएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले बताए। प्रवक्ताका अनुसार बन्दुकधारीहरुको हालसम्म परिचय खुल्न सकेको छैन।

यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जाङ्गो कताफको पाँच वटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ।



ट्रेन्डिङ