पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

ललितपुर २३ साउन। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको हो।

उनको उपचारको क्रममा कोरोना संक्रमित ४५ वर्षीय पुरुष क्यान्सर पीडित थिए भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए ।

यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।

बिहीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो।

मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए। स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।

 



ट्रेन्डिङ