सांसद रेसम चौधरी अस्पताल भर्ना

सांसद रेसम चौधरी अस्पताल भर्ना

काठमाडौं २३ साउन। टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन्।

दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन्। डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार केही दिनदेखि मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या भएकोले अस्पताल भर्ना गरिएको हो।

सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी पाँच वर्ष अगाडि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद हुन्। २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो।

उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्। अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो।



ट्रेन्डिङ