नारायणकाजीमाथि खन्‍निए प्रधानमन्त्रीका सल्लाहकार

नारायणकाजीमाथि खन्‍निए प्रधानमन्त्रीका सल्लाहकार

चितवन २३ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ गुटबन्दीको उत्तोलक बनेको आरोप लगाएका छन्।

श्रेष्ठकाे कार्यशैलीलाई ‘इनफ इज इनफ’को संज्ञा दिदैँ रिमालले पार्टी प्रवक्ता पदको लाज जोगाउन प्रवक्ता श्रेष्ठलाई सुझाव दिएका छन्।

प्रचण्ड नेपाल पक्षले आज सम्पादकहरूलाई दिउँसो २ बजे छलफल गर्न भन्दै बोलाइएको थियो।

होटल मेरियटमा तय भएकाे भेला अध्यक्ष प्रचण्डको असहमतिपछि स्थगित भएकाे बुझिएकाे छ। यो भेला नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको सक्रियतामा डाकिएकाे बताइएकाे छ। यसरी छलफलका लागि बोलाएको भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठको भूमिकामा प्रश्‍न उठाएका हुन्।

ट्विटरमा रिमालले श्रेष्ठको कार्यशैलीप्रति आपत्ति जनाउँदै लेख्छन्, ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्।’

प्रधानमन्त्री ओली इतर समूहको बैठकमा सहभागी हुने श्रेष्ठलाई चेतावनी शैलीमा रिमालले पार्टी एकता विरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् भनि सर्तक बनाएका छन्।



ट्रेन्डिङ