भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

एजेन्सी २३ साउन। भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतका ६२ हजार पाँच सय ३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि हालसरमम संक्रमित हुनेको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस संक्रमितमध्ये १३ लाख ७८ हजार दुई सय १५ व्यक्ति निको भएर फर्किएका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या भने ६ लाख सात हजार दुई सय ४४ मात्र छ ।



ट्रेन्डिङ