PBM News
घारखोलाले बगाएर एक महिला बेपत्ता

बेनी २३ साउन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बेपत्ता भएकी छिन्।
अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५६ वर्षीया टिकामति परियार बिहीबार साँझदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
डिएसपी किरनजंग कुँवरकाअनुसार घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी परियारको खोजी जारी छ। घार प्रहरी चौकीबाट खटिएका प्रहरीसहित स्थानीयबासीहरुले खोजी गरेका थिए।