पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुग्यो

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुग्यो

ललितपुर २३ साउन। पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

वीरगन्ज निवासी उनको बिहीबार साँझ मृत्यु भएको हो।

उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको थियो।

स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको हो।

योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ।



ट्रेन्डिङ