१० दिनका लागि कपिलवस्तुमा कार्यालय तथा सार्वजनिक यातायात बन्द

१० दिनका लागि कपिलवस्तुमा कार्यालय तथा सार्वजनिक यातायात बन्द

कपिलवस्तु २३ साउन। कपिलवस्तुमा कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि अत्यावश्यक सेवाबाहेकका सरकारी तथा गैरसकारी कार्यालय १० दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अधिक जनसम्पर्क हुने कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक यातायातका साधान १० दिन बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार २३ गते बिहान ५ बजे देखि ३२ गते राती १२ बजेसम्मका लागि यी कार्यालय तथा सेवाहरु बन्द गरिएको हो।निजी सवारी साधनको हकमा भने जोर दिन जोर नम्बर र विजोर दिन विजोर नम्बर प्लेटका सवारी साधनलाई संचलान गर्न दिइने छ ।

 



ट्रेन्डिङ