दरौदी नदीले बगाएर दुई बालक बेपत्ता

दरौदी नदीले बगाएर दुई बालक बेपत्ता

गोरखा २३ साउन। गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् ।

पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ बेपत्ता भएको प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।“गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका रहेछन्”, उनले भने, फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जनालाई बगाएछ ।”

बिहीबार दिउँसो बालकलाई नदीले बगाएको थियो ।

लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

 



ट्रेन्डिङ