बैतडीमा पहिरोले पुरिँदा आमाछोराको मृत्यु

बैतडीमा पहिरोले पुरिँदा आमाछोराको मृत्यु

बैतडी २३ साउन । बैतडीमा पहिरोले पुरिँदा आमाछोराको मृत्यु भएको छ । बिहीबार राति घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका( ४ का आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किसन चन्दका अनुसार गएराति १ बजेतिर पहिरो जाँदा उनीहरू घरसँगै पुरिएका थिए । उनीहरूको शव बिहान ७ बजे शव फेला परेको प्रहरी निरीक्षक भन्दले जानकारी दिए । उनका अनुसार मृतक आमाछोरासँगै पहिरोमा घरलगायत पशुचौपाया पनि पुरिएका छन् ।

मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा ल्याउन लागिएको छ।

फाइल तस्विरः



ट्रेन्डिङ