भदौ १ गतेदेखि उडान खोल्ने स्थिति नदेखिएको सरकारको सङ्केत

भदौ १ गतेदेखि उडान खोल्ने स्थिति नदेखिएको सरकारको सङ्केत

काठमाडौं २२ साउन । दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुन:सञ्चालन गर्ने निर्णय गरेको भएतापनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको बिहीवार सरकारका प्रवक्ताले बताएका छन्।

“जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ,” सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भने।



ट्रेन्डिङ