रामहरि हत्या काण्डका आराेपि बटालाले पाए सफाई

रामहरि हत्या काण्डका आराेपि बटालाले पाए सफाई

काठमाडौँ २२ साउन । सर्वोच्च अदालतले कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’ लाई प्रत्यक्ष हत्यामा संलग्न नभएको भनी सफाइ दिएको छ । उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए ।

रञ्‍जन कोइरालाको फैसला विवादित भएको एक महिना नबित्दै सर्वोच्चले त्यस्तै प्रकृतिको अर्को फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । यो मुद्दाको फैसलामा न्यायाधीशहरु तेजबहादुर केसी र टंकबहादुर मोक्तान संलग्न थिए । केसी यसअघिको रञ्‍जन कोइरालाको विवादित फैसलामा समेत संलग्न न्यायाधीश हुन् ।सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई घटनामा संलग्न नभएको भन्दै सफाइ दिएको हो । अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । तर यो फैसलाले उनलाई ‘नैतिक पतन’ हुनबाट जोगाएको छ । याेे चर्चचित घटनाका केही आराेपि फरार छन् । फाईल अझैै टुंगिएको छैन ।



ट्रेन्डिङ