PBM News
चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

चितवन २२ साउन। चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका-५ तोरीखेतस्थित ओम शान्ति टोलका एक जना पुरुष काठमाडौं जाँदा नागढुंगामा स्वाब दिइ परिक्षण गराउदा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित पुरुषको घर शिल गरिएको र संक्रमित पुरुषलाई निगरानीमा राखिएको छ ।
गाडीका चालक रहेका ती पुरुष मानिसहरुलाई काठमाडौं लैजाने, ल्याउने गर्दै आइरहेका थिए ।