Banner News
बिहीबार कोरोनाका ३ सय ६० संक्रमित थपिए

चितवन २२ साउन। बिहीबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ६० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।
यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्।
प्रवक्ता गौतमले हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएको जानकारी दिए।
हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।