PBM News
प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

चितवन २२ साउन। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएकोले छ ।
योसँगै प्रधान कार्यालयमा मात्रै संक्रमण पुष्टि हुनेको संख्या ८५ पुगेको छ ।
आज संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।