इलाममा कार्यरत १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी

इलाममा कार्यरत १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी

इलाम २२ साउन। इलाममा कार्यरत १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ। इलामको सशस्त्र प्रहरी एक नम्बर गणमा कार्यरत १६ जनामा बिहीबार कोरोना संक्रमण देखिएको छ ।

सशस्त्र प्रहरीका ४२ जनाले १८ साउनमा दिएको स्वाब परीक्षणको नजितामा १६ जनाको काेराेना पोजेटिभ आएको हो ।

हालसम्म उक्त गणका ४६ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । उ

नले जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको बताए । हालसम्म इलाममा कोरोना संक्रमितको संख्या ७६ पुगेको बरालले जनाए ।

 



ट्रेन्डिङ