राष्ट्रिय सभाका चारवटा विषयगत समितिका सभापति दोहोरिने

राष्ट्रिय सभाका चारवटा विषयगत समितिका सभापति दोहोरिने

चितवन २२ साउन। राष्ट्रिय सभाका चारवटा विषयगत समितिका सभापति दोहोरिने भएका छन्।

राष्ट्रिय सभाका समिति सभापतिहरूको कार्यकाल दुई वर्षको मात्र हुने संघीय संसदको नियमावलीको व्यवस्था छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले समितिहरूमा सदस्यहरू मनोनयन गर्दै निर्वाचन प्रक्रिया सुरू गराएका थिए।

सभापति निर्वाचनका लागि यसअघिकै सभापतिहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ।

उनीहरू चारै जना सर्वसम्मत हुनेछन्।



ट्रेन्डिङ