भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

काठमाडौं २२ साउन। छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार ६९९ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका कारण ९ सय ४ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५६ हजार २८२ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या पनि १९ लाख ६४ हजार ५३७ पुगेको छ ।

अहिलेसम्म १३ लाख २८ हजार ३३७ जना मानिस निको भइसकेका छन् ।



ट्रेन्डिङ