थप २० जना अख्तियारका कर्मचारीमा कोरोना संक्रमण

थप २० जना अख्तियारका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं २२ साउन।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ।

मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको हो।

यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो ।

ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन्।

यसअघि अख्तियारमै कार्यरत १४ जना प्रहरीसहित १५ जनामा कोरोना पुष्टि भएको थियो।



ट्रेन्डिङ